आजको फलाम भोली कुटो हुन सक्छ यहाँ
आजको अग्लो रूख भोली ठुटो हुन सक्छ यहाँ
खै किन मान्छेहरू अन्धाधुन्ध कानको भर गर्छन
आज आँखाले देखेका भोली झुटो हुन सक्छ यहाँ !
मुक्तक-:२
अन्धकार को ब्यापारी सँग प्रकाश को के अपेक्षा गर्नु
अन्न को ब्यापारी सँग गाँस को के अपेक्षा गर्नु
नितान्त आफ्नो खुसीमा रमाउने स्वार्थी संसारमा
लास को ब्यापारी सँग सास को के अपेक्षा गर्नु !
मुक्तक-:३
हिजो सुन्दरता को प्रसंसा गर्ने ले आज गिजाउन सक्छन
हिजो यता खुसी हुनेहरू आज अरूलाई नै रिजाउन सक्छन
वर्तमान अवस्थाको सृजना व्यक्ति को आर्थिकतामा भर पर्छ
हिजो नयनमा बास गर्नेहरू आज नयन मै बिझाउन सक्छन !
मुक्तक-:४
मत हारमा पनि जित खोज्ने मान्छे
मत कर्कशमा पनि गीत खोज्ने मान्छे
जस्ले जसरी गरून मेरो अनुमान
मत सत्रु को पनि हित खोज्ने मान्छे !
लब खड्का
बुढानिलकण्ठ हात्तिगाँडा काठमाडौ ६
जय भद्रकाली !




















