मुक्तक-;१
हतियार को ताकत धार गरे पछि थाहा हुन्छ
यात्रा को कठिनाइ पार गरे पछि थाहा हुन्छ
मुस्कान र बोलीले कहाँ सच्चा पहिचान खुल्छर
मान्छे को नियत कारोबार गरे पछि थाहा हुन्छ !
मुक्तक-:२
न पाउनेहरू रमाउनु पर्ने छ न गुमाउनेहरू रूनु पर्ने छ यहाँ
न दार्हा दखाई हास्नु पर्ने छ न कल्पियर नयन धुनु पर्ने छ यहाँ
खोक्रो धन र बल को घमण्डले के फुरफुर गर्छौ अहङ्कारी हो
गगनमा उड्ने चरीले पनि साच्चै एक दिन भुइँ छुनु पर्ने छ यहाँ !
मुक्तक-:३
बिचार गर्नु हुन सक्छ यहाँ जे पनि हुन सक्छ
स्वार्थी मन गोहीको आशु देखाइ रून सक्छ
ढुक्क भई मन पेट कसैलाई दिइ नहाल्नु हजुर
कुनै दिन आत्मिक छुराले आफ्नै गर्दन छुन सक्छ !
मुक्तक-:४
कसैको माया काल्पनिक धन हुन सक्छ
कसैको माया अन्तर मन मै रन हुन सक्छ
एकोहोरो माया मात्र भनेर कहाँ हुन्छर बाबै
कसैको माया भोक पछिको भोजन हुन सक्छ !
लब खड्का
हात्तिगाँडा काठमाडौ ६
जय भद्रकाली !




















