विराटनगर।सुनसरीको धरानबाट चोरी भएको बस विराटनगरमा फेला परेको छ ।
धरान उपमहानगरपालिका ८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १ को ९७४९ नम्बरको बस आज दिउँसो विराटनगर महानगरपालिका – १२ मंगलबारेमा भेटिएको हो । शुक्रबार विहानको राती चोरिएको बस खोजी गर्ने क्रममा पाटपूर्जा निकालिएको अवस्थामा विराटनगरमा भेटिएको थियो । बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।
धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सानेसम्म पुगेको सीसीक्यामेरामा देखिएको थियो ।भने मंगलबार मंगलबारेमा वेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयबासिहरु त्रसित भएका थिए।उनिहरुको भनाइ छ।अब हामी सुरक्षित छैनौं। स्थानीयले प्रहरीलाई खबर गरेर बोलाएका थिए । बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ ।




















