यतिबिघ्न   धैर्यताले आन्दोलन गर्दा 

सरकारको कानमा बतास लागेन त मर्दा ।


आफ्ना कमि कमजोरीको छैन ख्याल ठ्यामै

अचम्म छ कालो बादल मगजमा  ड्याम्मै

टुट्नु हुन्न अब कहिल्यै जुर्मुराई उठौँ

शिक्षा सुधारमा हरदम मौरी बनी जुटौँ ।।


सहनुको सिमा हुन्छ फुट्यो बाँध हाम्रो 

जुट्यो काँध एकतामा शिरमा बाँधी काम्रो

संसारमा सायदै छ सरकार यति चाम्रो

आफू पुष्ट भए पुग्यो जनता हुन् दाम्रो ।।


रचना -गणेश दवाडी ,लेटाङ -९ मोरङ

निवृत्त शिक्षक