खोजीनिति  गरेर  अनुसन्धान गर्नु राम्रै हुन्छ 

एकले  अर्काको  खुब सम्मान गर्नु राम्रै हुन्छ 


आज छ  भोलि छैन के भर  यो जिन्दगीको

बाचुञ्जेल सम्म त सक्दो दान गर्नु राम्रै हुन्छ 


किन शत्रु  बनेर अर्काको कुरा काट्छौ तिमी 

सके,धर्मयुक्त कर्मको गुणगान गर्नु राम्रै हुन्छ 


देखासिकी भन्दा पनि विश्वास कायम राखी 

एक आपसमा मिलेर चिनजान गर्नु राम्रै हुन्छ 


सक्छौँ भने अरूलाइ देखाएर हैन,गुप्त रूपले 

दु:खीलाइ   दु:खबाट  उत्थान गर्नु राम्रै हुन्छ ।


रिता खराल(देवी श्रीराधा)

गैडहवा गा पा ९ रूपन्देही