विराटनगर ।२०८२/१/९ विराटनगरमा बसोबास गर्दै किराँत राई ‘चाम्लिङ बाहिङ
(बायुङ) हरुको भाषा साकेला सिली नाच सम्बन्धी एक महिने तालिम सुरु भएको छ ।
किराँत राई यायोक्खा नगर कार्य समितिको आयोजनामा कोशी प्रदेशाको सहयोग र विराटनगर महागरपालीकाको समन्वयमा मंगलबारबाट एक महिने तालिम सुरु भएको हो । किराँत राई समुदायको मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले ‘चाम्लिङ बाहिङ (बायुङ) भाषा तथा साकेला सिली नाचको तालिम सुरु गरिएको नगर अध्यक्ष विष्णु राईले जानकारी दिएकी छन्।
किरात राई समुदायको ३२ भाषा मध्ये ती भाषाको अध्ययन अध्यापन तथा साकेला सिली तालिमको उद्घाटन विराटनगर महानगरपालीकाका मेयर नागेश कोईरालाले गरेका थिए ।उद्धघाटन पछि मेयर कोईरालाले भाषा र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्दै आफ्नो संस्कृति बिर्सिंदै गएकोमा चिन्ता व्यक्त गरेका थिए।
चाम्लिङ भाषाका लागि जीतमान राई र कालभान राई, बाहिङ भाषाका लागि प्रताप बाहिङ र राजवीर बाहिङले प्रशिक्षण दिनेभएका छन्।




















