धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले निजी विद्यालयका गाडीलाई आफ्नो

नगरमा प्रवेश रोक लगाएको छ । 

विद्यार्थीलाई नगरकै सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियानलाई सफल पार्न पालिकाले निजी विद्यालयको गाडीलाई नगर प्रवेशमा रोक लगाएको हो ।

महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायाले सोमबार सूचना जारी गर्दै अब कुनै पनि निजी स्कुलका सवारी साधनलाई विद्यार्थी ओसार्न नगर क्षेत्रमा प्रवेश नदिइने उल्लेख गरेका थिए। 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै निजी स्कुलको भन्दा राम्रो शिक्षा प्रदान गर्ने उद्देश्यसहित सबै विद्यार्थीलाई सामुदायिक विद्यालयमै पढाउने वातावरण निर्माण गर्न खोजिएको मेयर रायाको भनाइ रहेको  छ ।