विराटनगर।खोटाङ विश्वप्रशिद्ध हलेसीमा शिवलिंग पहिराइएको छ । रामनवमीको अवसरमा आइतबार बिहान ८ बजे पञ्चेबाजाका साथ शिवलिंग पहिराइएको हो । त्यस अवसरमा हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई, उपप्रमुख रमेश राउत, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुखहरू, हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति थियो । रामनवमीको अवसरमा नेपाललगायत अमेरिका, चीन, भारत, भुटान, मलेसिया लगायतका तीर्थालु हलेसी आएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार शनिबार राति करिब पाँच हजार तीर्थालु जाग्राम बसेका छन् । उनीहरू रातभर जाग्राम बसेर बिहान पूजा आराधना गरी आइतबार बिहान फर्किएको गिरीले बताए। ‘आज राति करिब पाँच हजार तीर्थालु जाग्राम बसेर बिहान पूजाआराधना गरी बिहान फर्किनु भएको छ,’ गिरीले भने, ‘यातायात र हलेसीमा सुविधा भएपछि तीर्थालुको संख्या पनि बढेको छ’ ।




















