विराटनगर । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले नेतृत्व गरेको अनिश्चितकालीन शिक्षक आन्दोलन चर्किएको छ । बुधबारदेखि शिक्षकहरूले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् ।
प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० लाई तत्काल संसदबाट पारित गर्न वा अध्यादेशबाट भएपनि ल्याउन माग गर्दै शिक्षकहरूले माग गर्दै आएका छन् । सरकारले बुधबारदेखि संसद अधिवेशन अन्त्य गरेपछि संसदमा ऐन आउने सम्भावना भने तत्काललाई टरेको हो ।
शिक्षा ऐन पारित गर्न माग गर्दै शिक्षकहरूले पालिकास्तरदेखि केन्द्रसम्म सडक आन्दोलन चर्काउँदै आएका थिए । उनीहरूले शिक्षा ऐन २०२८ ले मुलुकमा शिक्षाको विकासमा बाधा पुर्याएको र शिक्षकहरूको हकहित स्थापित गर्न नसकेको आरोप लगाउँदै आएका छन् ।




















