विराटनगरमा,यही चैत ५ गतेदेखि रासलीलाको आयोजना गर्ने तयारी पुरा भएको छ । श्रीहरि सत्संग समिति नेपालको आयोजनामा रासलीला कार्यक्रम आयोजना हुन लागेको छ । भारतको बृन्दावनबाट आउन लागेका २१ जना कलाकारहरूको टोलीले राधाकृष्णले बिताएको जीवन शैलीमा आधारित कथा वस्तुलाई समेटिएर रासलीला कार्यक्रम मार्फत मञ्चन गर्नेछ ।
विराटनगरको अतिथि सदनमा रासलीलाको सम्पूर्ण कार्यक्रम सञ्चालन हुने भएको छ। चैत ५ गते कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले रासलीला कार्यक्रमको उद्घाटन गर्नेभएका छन् । चैत ५ गते सुरु हुने रासलीला कार्यक्रमको ९ गते समापन रहने भएको छ ।
रासलीला कार्यक्रमका संयोजक स्वर्णकारले आइतबार पत्रकार सम्मेलन गरेर रासलीलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए । पत्रकार सम्मेलनमा श्रीहरि सत्संग समिति नेपालका केन्द्रीय अध्यक्ष भिखमचन्द सरल, केन्द्रीय कोषाध्यक्ष शिवरतन जोशी, प्रदेश अध्यक्ष विद्यानन्द माझीको सहभागिता रहेको थियो ।




















