काठमाडौं ,गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ को शब्द तथा चर्चीत हाँस्य कलाकार किरण केसी ‘रातामकै’ र गायीका विनुशा राईको स्वरमा नयाँ गीति भिडियो सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच मेला रेकर्डिङ स्टुडियोले ‘झण्डै लडेको’ बोलको म्युजिक भिडियोको सार्वजनिक गरेको छ ।

सार्वजनिक गीतमा संगीत श्याम महर्जनको छ ।भने विशन मानन्धरको एरेञ्ज रहेको छ।  मिक्सिङ र मास्टरिङको काम सुवाष कुथुमी राईले गरेका हुन् । रंगीन पर्व होलीको छेकोमा रिलिज गरिएको भिडियोलाई रोमान्टिक कमेडी जनरामा ‘हाँस्य’ प्रधान र नृत्यप्रधान बनाइएको हो।

सार्वजनिक भिडियोमा हाँस्य कलाकारद्वय किरण केसी र दीपाश्री निरौलाले अभिनय गरेका छन् गीत हेर्ने युगमा हामी छौं, भावनात्मक रचनाकारबाट बाहिर निस्केर यो पटक केहि रोमान्टिक शब्द कोरेको छु।’ ३० वर्ष बैङ्किङ सेवामा रहेर सेवानिवृत भएका प्रतीक विसं २०३४ सालदेखि गीत तथा साहित्य रचनामा सकृय देखिएका छन् ।