पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह
- फागुन २७, २०८१
- ३३७ पटक पढिएको
विराटनगर, २७ फागुनः प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न भएको छ।
दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षित हुनेमा कलाका २०४, कानुनका ४०७, शिक्षाशास्त्रतर्फ ९०६, व्यवस्थापनका दुई हजार २४९, चिकित्साशास्त्रतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधिमा ६५४ तथा इञ्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी छन् ।




















