कविता - रमा हुन।
नभएर के भयो र म सङ्ग
हजुर बाहेक को छ र मसङ्ग
घरि झसङ्ग
घरि तरङ्ग
हजुैमा छ स्मृति!
यादका तरेली र तस्वीर
छरिएका
छापिएका छन् हृदयमा
यिनैले
बचाएको छ घरी घरी
बाँचेकीछु मरि मरि
यातना पक्कै होईन होला
गालेर वियोगको आगोले
पुर्याएको छ झन् हजुरकै नजिकमा
नहुँदो हो अजम्वरी मायाँ
नहुँदो त
महकिलो विश्वास
आत्मियपना
राहत मान्थ्यो कि मन
बिर्सन
अहँ!सक्दैन
हजुरबिनाको कुनै पल रहन
ईश्वर बनायो नियतिले !
उफ्फ!
आशा छ
भेट्टाईदेला नि उसैले
कुनै न कुनै जुनि
हजुरकी रमा
रमा हुन ।
पुष्पा सायेरा
विराटनगर
प्रणय दिवसको सवैमा हार्दिक शुभकामना ।




















