विराटनगर,५स्थित रुबिज होटलमा एक कार्यक्रम गरि बुना दाहालको आमा छोरी संवादको चर्चा परिचर्चा गरिएको छ।
फरक तरिकाले मम्बत्ती जलाएर दीप प्रजलनगरी उद्द्घाटन गरिएको थियो।फरक क्षमता की धनी लेखक बिनु दाहालको आमा छोरी संवादको पहिलो बिमोचन फ्रान्समा/2023मा भएको थियो।भने नेपालमा पहिलो बिमोचन प्रधानमन्त्री केपि शर्मा ओलिको हात बाट भएको थियो।यो पुस्तक १६वटा देशमा पुगेको पनि जानकारी दिएकी छन्।उनि आफुपनी ३२वटा देशको भ्रमण गरिसकेकी छन्।उनले भनिन् आमाको मुल्य हुँदैन भनेर मूल्य राखेकी छुइन आमा अमुल्य हुन्छिन् ।उनी आँखाले देख्न नसकेपनी भित्री आँखाले संसार देख्न सक्छिन्।समाज परिवर्तनका लागि आफै नलागी बदलिन्न पहिला आफै परिवर्तनका लागि आफै लाग्नुपर्छ उनको भनाइ रहेको थियो।उनले कुनै संघसंस्थाको आयोजना नराखि आफ्नै आमालाई अगाडि राखेर यो प्रोग्राम गरिएको हो। कार्यक्रमको अध्यक्षता आमा मेनुका दाहाल, प्रमुख अथिति पुर्व प्राज्ञ खेम नेपाली,अतिथि ११नम्बरका वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने (whrd)का कोषअध्यक्ष मंजिता श्री,रहेको कार्यक्रममा स्वागत मन्तव्य रेणुका कोइरालाको रहेको थियो।उक्त कार्यक्रममा खेम नेपालीले,र तिर्थेन्द्र न्यौपाने,ले आमा छोरी संवादको चर्चा गर्दै सानैदेखी केहिन केही गरिरहने केही नगरी बस्न नसक्ने भित्री क्षमताले भरिएकी बिनु दाहालको प्रसंसा गर्दै उन्नति प्रगतिको शुभकामना दिएका छन्। साहित्यकार को कम उपस्तिथि रहेको कार्यक्रममा भने वरिष्ठ चलचित्र कर्मी डाइरेक्टर कलाकार केशव रायमाझी, कलाकार दीपा पोखरेल कलाकार मिना श्रेष्ठ,को उपस्थिति रहेको थियो।भने साहित्य र कलालाई माया गर्ने वृद्ध बा आमा दाजु भाइ दिदी बहिनिहरुको बाक्लो उपस्तिथि रहेको थियो।






















