कविता:

 -पृष्ठभूमि!

 चिथाेर्नु छैन अाकाश

टुक्राटुक्रा पार्नु छैन धर्ती

गिराउनु छैन स्वाभिमान

गास्नु छ मात्र शब्द भाव

उनेर दिगाे शिरफूल हरु

लगाएर रक्तिम ललाटमा

उज्यालो मुहारमा टीका

गरेर हर बखत पुर्वी यात्रा

अंगालेर पृष्ठभूमिकाे मापन

बाेकेर मानवियताकाे परिचय

हृदयमा सजाएर धाैलागिरी

उच्च कालिञ्चाेकमा हिउँकाे वर्षा।

भलाकुसारी गर्दै ऋतु राज संग

निरन्तरताको अास्था बाेकेर

अाफ्नै भूगाेल साध र सिमानामा 

फहाराउनु छ लाला झण्डा ।

     ✍️श्रीबहादुर केसी शैलुङ्गे

             दाेलखा