विराटनगर,१० स्थित अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सहभागी २ सय ५० विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाण-पत्र वितरण गरेका छन् । विद्यालयले माघ २२ गतेदेखि सुरु गरेको खेलकुद सप्ताह शनिबार समापन गरेको छ ।

अरनिको आवासीय माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म ९ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयले ४८औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको खेलकुद सप्ताह २०८१ मा ९ सय विद्यार्थीमध्ये ५ सय भन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए । विद्यालयले क्रिकेट, फुटबल, बास्केटबल, टेवलटेनिस, रेसिङ लगायतका खेलहरू सञ्चालन गरेको थियो।भने खेलकुद कार्यक्रममा सहभागिता जनाएका ५ सय मध्ये २ सय ५० भन्दा बढी विद्यार्थीहरूले विजेता, उपविजेता सहित उत्कृष्ट भएका थिए । खेलकुदको माध्यमबाट अरनिकोले पढाइमा मात्रै नभई खेलकुदमा पनि अब्बल रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर,१० का वडाध्यक्ष अर्जुन गिरी, अरनिको आवासीय विद्यालयका सञ्चालकहरू अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, विकास अधिकारी, निलम अधिकारी, भरत दाहाल, विलाश लुइँटेल र भविन्द्र कार्कीले विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाण-पत्र वितरण गरेका थिए ।

IMG-20250208-WA0005