काठमाडौ, स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।भने आज प्रतितोला सुन एक लाख ६८ हजार १ सयमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच हुने बताएका छन्  ।