मुक्तक १

मेरो यो जीवनमा खुसीको रङ्ग नभएको बेलामा

उजाडीएको यो मनमा हर्ष उमङ्ग नभएको बेलामा

खै कि आउछ फेरि यो प्रेम दिवस भन्ने चिज पनि,

जीन्दगीको हर खुसी आफैसंग नभएको बेलामा !


मुक्तक २

तिम्रो जीवनमा मेरो लागि माया त्यती खास लागेन

बस्नलाई झुपडी जस्तो आनन्द अरु कुनै  बास लागेन 

रहर भनौँ की या बाध्यता भनौँ सकिएन एक हुनपनि, 

माया मुटुमा साँचेर तिमी फर्कीन्छौ भन्ने खै

आश लागेन!


मुक्तक ३

जताततै प्रकृतिले हराभरा पोखेको ताराखोला

ज्यानको बलिदान दिएर युद्ध रोकेको ताराखोला।

मेला महोत्सव भेषभुषा पुराना रिती संस्कृती अगाल्दै,

आफ्नो छुट्टै बिशेष पहिचान बोकेको ताराखोला।

   

मुक्तक ४

जिन्दगीको यो गोरेटोमा बाटो मोड्न मन लाग्यो 

स्वार्थी आफ्न्तसंगको सम्बन्धहरु तोड्न मन  लाग्यो 

घरि घरि तिम्रो मुहार मात्र हेरिरहु लाग्छ अचेल खै किन,

जिन्दगीभर हुने गरि माया तिमीसंगै जोड्न मन लाग्यो।


सबिता खत्री (शान्ती) 

बाग्लुङ ,ताराखोला