चितवन ,साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएकालामिछानेको बहस सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धको बिहीबारको थुनछेक बहस सुरु भएको हो । बहसमा वादीको तर्फबाट बारा, पर्सा र धादिङका जिल्ला न्यायाधिवक्ताहरू (सरकारी वकिल)ले क्रमशः भाग लिने चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । यो मुद्दामा हिजो बुध बारबाट थुनछेक बहस सुरु हुने भएको हो । हिजो चितवनका जिल्ला न्यायाधिवक्ता र सहन्यायाधिवक्ता तथा जाहेरवालाका एक जना कानुन व्यवसायीले बहस गरेका थिए । बहस नसकिएका कारण हिजो अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो भने । वादी र जाहेरवालाका वकिलहरूले बहस गरेपछि मुद्दामा प्रतिवादी रवि लामिछानेका कानुन व्यवसायीहरूले बहस गर्ने भएका छन् ।

पक्ष विपक्षका वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीशले मुद्दाको अन्तिम फैसला नआउँदासम्म प्रतिवादीलाई थुनामा राख्न कारागार पठाउने, धरौटी लिएर तारेखमा छाड्ने या साधारण तारेखमा छाड्ने भन्ने निर्णय दिने छन् । रवि लामिछानेविरुद्ध सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना सजाय हुनु पर्ने र साहारा सहकारीबाट गोर्खा मिडियामा गएको १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ रकम लामिछानेसहित चार जनाको सामूहिक दायित्वमा आउने बिगोबाट असुल गर्न माग राखेर मुद्दा दायर भएको हो ।