विराटनगर , शैक्षिक क्षेत्रको ऐतिहासिक एवं राजनीतिक महत्वको आदर्श माविले ९६ औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ ।
मंगलबार आयोजित वार्षिकोत्सव समारोहमा सहभागी वत्ताहरूले विद्यालयले शैक्षिक गुणस्तर अभिबृद्धिमा पछिल्ला वर्षहरूमा गरेको प्रगतिको प्रशंसा गरे भने अधिकांश सामुदायिक विद्यालयहरूको अवस्था दयनीय बन्दै गएको अवस्थामा आदर्श विद्यालयले गरेको प्रगति लोभलाग्दो बन्दै गएको उनीहरुले बताए।
विसं १९८६ सालमा पिताजी कृष्णप्रसाद कोइरालाको सकृयतामा सो विद्यालय स्थापित भएको हो । अब विद्यालय स्थापनाको १०० बर्ष नजिक पुगेको छ ।
वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहेका पिताजी कोइरालाका नाति नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले व्यावसायिक र व्यवहारिक शिक्षाका लागि विद्यालयले जोड दिनुपर्ने सुझाव दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका विभिन्न गतिविधिमा उत्कृष्ट हुने विद्यार्थी र शिक्षकहरूलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले प्राविधिक धारलाई पनि प्राथमिकता दिएको बताएका छन् ।
विद्यालयमा ३ हजार ६ सय विद्यार्थी अधययनरत रहेको जानकारी दिएका छन् ।
वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले आआफ्नो प्रस्तुति राख्दै एमार्चपास र नृत्य प्रदर्शन गर्नुका साथै रक्तदान समेत गरिएको थियो ।




















