भारतको, उत्तर प्रदेश राज्यको प्रयाग राज्यमा जारी कुम्भ मेलामा भएको भाग दौडमा हजारौँ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका सब सबै व्यक्तिलाई भारतको उत्तर प्रदेश सरकारले समुद्रमा बगाई दिएको भारतीय राजनीतिक दल कांग्रेस आइले आरोप लगाएका छन् । भारतको सबैभन्दा पुरानो राजनीतिक दल कांग्रेस आइका राष्ट्रिय अध्यक्ष मल्लिका अर्जुन खडकेले सोमबार भारतको माथिल्लो सदन राजसभामा बोल्दै कुम्भ मेलाको भाग दौडमा हजारौँ व्यक्तिको मृत्यु भएको र भारतको उत्तर प्रदेश सरकारले आफ्नो कमजोरी लुकाउन मृत्यु भएका सबै  व्यक्तिलाई समुद्रमा बगाई दिएको आरोप लगाएका छन्  । अखिलेस यादव अध्यक्ष रहेको भारतको समाजवादी पार्टीका राज्य सभा सांसद जया बच्चनले सोमबार राज्य भामा बोल्दै कुम्भ मेलाको भाग दौडमा मृत्यु भएका हजारौँ व्यक्तिलाई समुन्द्रमा बगाई दिँदा समुन्द्रको पानी नै दुर्गन्धित भएको आरोप लगाएका हुन्  । भारतका उपराष्ट्रपति एवं राज्य सभाका उपसभापति जगदिप धनकडले भारत सरकारको बचाउ गर्दै कांग्रेस आइका अध्यक्ष मल्लिका अर्जुन खडके र समाजवादी पार्टीका राज्य सभा सांसद जया बच्चनको अभिवृत्ति प्रति खेद व्यक्त गरेका छन् ।

साथै उपराष्ट्रपति एवं उपसभापति धनकडले कुम्भ मेलाको भाग दौडमा ३० जनाको मृत्यु भएको, ६० जना घाइते भएको र सयौँ व्यपत्ता रहेको तथ्याङ्क सार्वजनिक गरेका हुन् । भने जुन विषयलाई भारतीय सञ्चार माध्यमले जोडदार रूपमा उठान गरेका छन् । माघ १५ गते मंगलबार प्रयाग राज्यमा कुम्भ नुहाउन गएको बेला  रातीको १ः३० बजे भाग दौड मच्चिदा कुम्भ नुहाउन गएको र पालो पर्खेर सडक पेटिमा सुतिरहेका सयौँ व्यक्तिको कुल्चिएरै मृत्यु भएको थियो ।भने ५० भन्दा बढी एम्बुलेन्सले ३ सय भन्दा बढी मृत्यु भएका व्यक्तिलाई अस्पताल पुर्‍याएका थिए । जुन समाचारलाई भारती सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन गरेका छन्  । तर उत्तर प्रदेश सरकारले भाग दौडमा ३० जनाको मात्रै मृत्यु भएको तथ्याङ्क सार्वजनिक गर्दै बाँकीलाई समुन्द्रमा बगाई दिएको जानकारी दिदै भारतमा केन्द्रदेखि उत्तर प्रदेशसम्म भारतीय जनता दल (भाजपा) को सरकार भाजपाले आफ्नो कमजोरी लुकाउन भाग दौडमा मारिएका व्यक्तिलाई समुद्रमा बगाई दिएको बताएका हुन् ।

भारतको उत्तर प्रदेश राज्यमा कुम्भ मेला सञ्चाल भइरहेको बेला त्यहाका मुख्यमन्त्री योगी आदित्यनाथ दिल्ली राज्यमा हुन लागेको चुनावकालागि प्रचार,प्रसारमा व्यस्त भैरहदा। राज्यको मुखिया आफ्नो राज्यको कुम्भ मेलालाई व्यवस्था गर्दै अरु राज्यमा पार्टीको नेतालाई जिताउन प्रचार,प्रसारमा व्यस्त रहेको र राज्यको सुरक्षा तन्त्र रातको समयमा सुतिरहेको बेला प्रयाग राज्यमा भाग दौड मच्चिएको थियो । भाजपा नेतृत्वको सरकाले पार्टीलाई सहयोग गर्ने पार्टी निकट विशिष्ट व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर गंगा, जमुना र सरस्वती नदिको मिलन स्थल संगम घाटमा सानि स्नानका लागि अगाडि सारेपछि पालोको पर्खाइमा रहेका व्यक्तिले त्यसको विरोध गर्दा प्रहरीको कुटपिट पछि भाग दौड सुरु भएको थियो ।