काठमाडौँ ,स्थानीय बजारमा सुनको मूल्य आज फेरि  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेर एक लाख ६४ हजार ७ सय रुपैयाँ कायम भएको छ । भने चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएका छन् । सोमबार सोही परिमाणको चाँदी एक हजार ९ सय १० रुपैयाँमा कारोबार भै रहेको थियो ।