विशेष काव्य गोष्ठी
विराटनगर, २०८१;१०;२१ मा सरस्वती मन्दिर पुजनोत्सव समिति विराटनगर ७ ले विद्याकी देवी सरस्वती पूजाको दिन पारेर काव्य गोष्ठी सम्पन्न गरेको छ। प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो। विराटनगरका विशिष्ट साहित्यकारहरुले काव्य श्रवण गराएका थिए । काव्य श्रवण गराउने काव्य प्रेमीहरुमा प्राज्ञ विवश पोखरेल, प्राज्ञ खेम नेपाली, गोकुल अधिकारी, दिनेशराज सुबेदी ‘दिंलाली कान्छो’, बाबुराम पोखरेल, चूडामणि नेपाल ‘अकिञ्चन’, स्वयमभूनाथ कार्की, शिवनारायण पण्डित, राधा भट्टराई, भरत गुरागाइ बर्बरिकं, रोहिणी रसिक, प्रिन्स प्रमोद ढकाल, नारायण पोखरेल, मञ्जुश्री गिरी, पुष्पा सायरा, लक्ष्मी रायमाझी खडका, हरि बराल, चन्द्रकुमारी सुब्बा, प्रतिमा निरौला, सविना श्रेष्ठ, पूर्णिमा सहनी, निर्मला नेपाल, आयाम पोखरेल, विपुल बस्नेत, प्रशिल पोखरेल आदिले कविता वाचन गरेका थिए ।
कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक चूडामणि नेपाल अकिञ्चनले गर्नु भएको थियो भने आगामी वर्षदेखि सोहीदिन विराटनगर महानगर पालिकाका विद्यालयहरुबिच विद्यालय स्तरीय कविता प्रतियोगिता समेत आयोजना गरिने जानकारी कार्यक्रमका सह संयोजक लारायण पोखरेल र सरस्वती पूजा व्यवस्थापन समितिले अवगत गराएको छ । उक्त काव्य गोष्ठीमा मन्दिरका अध्यक्ष कमल भट्ट ,सचिव बिमल पोखरेल, कोषाध्यक्ष सन्तोष पोखरेल, गायत्री संस्कृत माविका वि व्य स अध्यक्ष राजेश पोखरेल, पत्रकार कौशल लिरौला, निवास पोखरेल, राम भण्डारी, विश्वकान्त दाहाल, लगायत शिक्षक विद्यार्थीका साथै पूजा दर्शनार्थी समेतको बाक्लो उपस्थिति रहेको थियो ।




















