विराटनगर ,एमाले नेता जीवन घिमिरेको पहिलो कृति ‘कमरेड हिजो र आज’ को आज विराटनगरमा लोकार्पण भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एक कार्यक्रमका विच पुस्तक सार्वजनिक गरेका थिए ।  पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको उनले बताएका छन्  । प्रगतिशील लेखक संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन तथा पुस्तकका पात्रहरूलाई सम्मान कार्यक्रममा पुस्तकले हिजोलाई फर्केर हेर्ने काम भएको बताएका हुन् ।भने पुस्तकका माध्यमबाट भोलि गर्ने काम पनि देखाईएको सभामुख घिमिरेको भनाई थियो । नेकपा एमालेकी उपाध्यक्ष एवं वागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सङ्घीय गणतन्त्रलाईलाई वलियो बनाउन इतिहासको भूमिका रहेन बताएकि छन् । भने लेखक एवं नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले प्रजातन्त्र र एवं लोकतन्त्र स्थापनाका लागि लागेको आन्दोलनमा झापा, मोरङ र सुनसरी जिल्लामा आफुसँग सम्बन्ध जोडिएका चार सय पात्रहरुको विवरण पुस्तकमा समावेश गरिएको  बताएका छन् । कार्यक्रममा चन्द्र भण्डारी , निर्मला कोइराला,प्राडा रमेशप्रसाद भट्टराई,  विमला दाहाल घिमिरेले पुस्तकबारेमा चर्चा गरेका थिए । पुस्तकका पात्र सम्मानित सोही अवसरमा सभामुख घिमिरेले नेकपा एमालेका उपाध्यक्ष शाक्य सहित १२ जना पुस्तकका मुख्य पात्रहरुलाई सम्मान गरेका छन् । विराटनगर १ की माधवी रिमाल, रामप्रसाद देवकोटा, धरानका हर्क चुम्वे, स्व. रमाप्रसाद रिजाल, कुमार निरौला, लक्ष्मीप्रसाद उप्रेती, राधादेवी कामत, नारायणप्रसाद आचार्य, तारानाथ घिमिरे र मोहनकुमारी घिमिरेलगायतलाई सम्मान गरिएको छ । एमाले केन्द्रीय सदस्य तथा कोसी प्रदेशका पूर्व मन्त्री घिमिरेले विसं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गरेको बताएका हुन् । पार्टी राजनीतिकसँग जोडिएका घटनाहरू, सो घटनामा संलग्न करिब ४ सय पात्रहरूका विषयहरू पुस्तकमा समेटिएको छ । २०३६–०४६ आन्दोलनका समयका पात्रहरूका बारेमा थेसिस गर्न चाहनेहरूका लागि पुस्तक उपयोगी श्रोत हुने लेखक घिमिरेको भनाई रहेकोे छ ।