अरनिकोले हात पार्यो हिसान क्रिकेटको उपाधि
- माघ १६, २०८१
- २२१ पटक पढिएको
विराटनगर। उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेल सप्ताहअन्तर्गत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ।
वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजलाई ५८ रनले पराजित गर्दै अरनिकोले उपाधि चौथो पटक जितेको हो।
टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १५ रनको योगफल बनाएको थियो
हिसान स्पोर्ट्स मिट्सअन्तर्गत क्रिकेट खेलतर्फको उपाधि अरनिको मा.वि.ले प्राप्त गरेको छ । आज भएको फाइनल खेलमा ग्रिल्याड मा.वि.लाई ५८ रनले पराजित गर्दै अरनिकोले उपाधि रक्षा गरेको हो । पहिले ब्याटिङ गर्दै अरनिकोले ११६ रनको लक्ष्य प्रस्तुत गरेकोमा ग्रिल्याडले १९ ओभर १ बल खेल्दै केवल ५७रन मात्र जोड्न सक्यो ।




















