विराटनगर। उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेल सप्ताहअन्तर्गत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ।

वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजलाई ५८ रनले पराजित गर्दै अरनिकोले उपाधि चौथो पटक जितेको हो।

टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १५ रनको योगफल बनाएको थियो

हिसान स्पोर्ट्स मिट्सअन्तर्गत क्रिकेट  खेलतर्फको उपाधि अरनिको मा.वि.ले प्राप्त गरेको छ । आज भएको फाइनल खेलमा ग्रिल्याड मा.वि.लाई ५८  रनले पराजित गर्दै अरनिकोले उपाधि रक्षा गरेको हो । पहिले ब्याटिङ गर्दै अरनिकोले ११६ रनको लक्ष्य प्रस्तुत गरेकोमा  ग्रिल्याडले १९ ओभर १ बल खेल्दै केवल ५७रन मात्र जोड्न सक्यो ।