विराटनगर ,साहित्य क्षेत्रमा प्रदान गर्ने गरी मुक्तक प्रतिष्ठान प्रदेश १ द्वारा तिन वटा राष्ट्रिय पुरस्कारको घोषण गरिएको छ । मुक्तक दिवसको अवसर पारेर नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्य पुरस्कारहरू स्थापनाको घोषणा गरेको छ। आयोजक संस्थाका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति साहित्य पुरस्कारको राशि १११११.००, मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट स्थापित माधव( नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १११११.०० र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १५०००.०० रहेको छ ।

IMG20250129123428


कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले अक्षयकोष स्थापनाको सन्दर्भमा आफ्नो मन्तब्य रखेका थिए। भने समाज विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेकोले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगको लागि पुरस्कारको स्थापना गरिएको बताए । त्यस्तै संस्थापक परिवारकी सदस्य कवि नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार भएकोले नेपाली समाजलाई सकरात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उदेश्यले यो पुरस्कारहरूको स्थापना गरिएको खुलाएकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथि पुर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल विशेष अतिथि चेतना प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल, प्रा।डा। हरिहर भण्डारी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईँ लगायतले दाताहरूप्रति सम्मान व्यक्त गर्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरेरा थिए। भने साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा सविना श्रेष्ठ , भूषण ढुङ्गेल, गोकुल अधिकारी, मञ्जु घिमिरे दाहाल, पुस्पा साहेरा नवराज पोखरेल ञ नवशिलाझ लगायतका मुक्तककारहरूले आ आफ्ना मुक्तकहरू वाचन गरेका थिए । आयोजक संस्थाका सदस्य सचिव मदन भण्डारीले सञ्चालन गरेका थियो ।