विराटनगरमा ,  विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार विराट एक्स्पोको अवलोकन गरेका छन् । शनिबारदेखि सुरु भएको विराट एक्स्पोको दोस्रो दिन मुख्यमन्त्री कार्कीले एक्स्पोको अवलोकन गरेका छन्।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाधयक्ष एवम एक्स्पो सयाेजक भाेलेस्वर दुलालले मुख्यमन्त्री कार्कीलाई विराट एक्स्पोमा रहेका २ सय ६८ स्टलको अवलोकन गराइरहेका थिए । मुख्यमन्त्री कार्कीले विराट एक्स्पोको अवलोकन गर्दै घरका लागि चाहिने अति आवश्यक सामग्री खरिद गरेका छन्  ।

उद्योग संगठन मोरङले माघ १२ देखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा आठौँ संस्करणको विराट एक्स्पोको आयोजना मा चलिरहेको छ। जुन एक्स्पो हेर्न बाक्लो संख्यामा सर्वसाधारणको भिड लाग्ने लागिरहेको छ।