काठमाडौँ ,चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड ६१ लाख ३९ हजार रुपैयाँको छुर्पी निर्यात भएको छ।भन्सार विभागका अनुसार ९ लाख ६३ हजार ९२७ किलो छुर्पी निर्यात भएको जानकारी दिएका छन् ।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा छुर्पी निर्यात बढेको विभागको तथ्यांक रहेको छ । साउनदेखि पुससम्म १ अर्ब ४१ करोड २९ लाख रुपैयाँको छुर्पी निर्यात भएको थियो ।भने

नेपालमा उत्पादन भएको छुपी साउनदेखि पुससम्म अमेरिका, क्यानडा, बेलायत, जापानलगायत २२ मुलुकमा पुगेको हो। विभागका अनुसार सबैभन्दा बढी छुर्पी अमेरिका र सबैभन्दा कम स्लोभाकियामा पुग्ने गरेको छ । अमेरिकामा मात्रै १ अर्ब ५९ करोड ४६ लाख ४३ हजार रुपैयाँको छुर्पी निर्यात भएको न्सार विभागको तथ्यांक छ ।


यस्तै क्यानडामा १३ करोड ३ लाख, बेलायतमा ३ करोड ३ लाख, जापानमा १ करोड ८५ लाख, कोरियामा ६८ लाख, मलेसियमा ४१ लाख र युक्रेनमा ३५ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ । सबैभन्दा कम १ लाख २३ हजार रुपैयाँको छुर्पी स्लोभाकियामा निर्यात भएकाले विभागले बताएको छ ।


व्यवसायीका अनुसार विदेशमा कुकुरको प्रमुख खान्की नै छुर्पी हो । विभागको पछिल्लो ५ वर्षको तथ्यांकअनुसार निर्यात बजार उत्साहजनक छ । २०७६/७७ मा १ अर्ब २२ करोड ८३ लाख रुपैयाँको ७ लाख १७ हजार २ सय ६४ किलो छुर्पी निर्यात भएको हो । २०७७/७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको १२ लाख ६२ हजार ९ सय ९८ किलो छुर्पी निर्यात भएको उल्लेख रहेको  छ ।

विभागका अनुसार २०७८/७९ मा २ अर्ब ९१ करोड १९ लाखको छुर्पी निर्यात भएको छ । यस अवधिमा १७ लाख ४४ हजार ४ सय ५१ किलो निर्यात भएको जानकारी दिएको छ ।

०७९/८० मा ३ अर्ब ४० करोड ९० लाख रुपैयाँको १७ लाख ८६ हजार १ सय १२ किलो निर्यात भएको छ । २०८०/८१ मा ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँको १६ लाख ४६ हजार ८ सय ८७ किलो निर्यात भएको विभागको भनाइ रहेको  छ ।