मोरङको, हसिना सिमसारमा गौरादह बिराटनगर सम्पर्क समाजको आयोजनामा परिचयात्मक बनभोज गरिएको छ ।
प्रदेश सभामुख माननीय अमरबहादुर बिष्ट प्रमुख अतिथि रहेको कार्यक्रममा बिशिष्ट अतिथि बिराटनगर महानगरपालिका उप मेयर शिल्पा निरला कार्की रहेको उक्त कार्यक्रममा संस्थाका सदस्यहरूबीच परिचयात्मक कार्यक्रम साथै सामाजिक अभियानका बिषयमा छलफल भएको थियो।भने बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू भएका थिए।
समाजका सचिव डिल्लीराम निरौलाले कार्यक्रम संचालन गरेका थिए। उपाध्यक्ष तिर्थ धिमीरे र त्रिलोचन गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम को सभापतित्व संस्थाका अध्यक्ष इन्द्र नेउपानेको रहेको थियो।




















