विराटनगर,कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताएकाछन्। आज प्रेस चौतारी मोरङकाे अधिवेशनको उद्घाटन गर्दै  मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो हुने बताए।उनले भने यो संवैधानिक व्यवस्था हो। जनतालाई राहत दिनका लागि गरिएको काम भएकाे र यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन ।अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत भएको टिप्पणी गर्दै  मुख्यमन्त्री कार्कीले यो आरोप लगाउनका लागि गरिएको काम मात्र भएको हो।  नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमतिबाट बनेको यो सरकारबाट उत्साह छाएको र यसको सकारात्मक नतिजा आउन थालेको उनले बताएका छन्।अहिले राजस्व वृद्धि भइरहेको छ। सरकारको पछिल्ला कामहरूले निजी क्षेत्र उत्साहित भएको छ ,अर्थतन्त्र चलायमान भएको छ।' कोशी प्रदेशमा पनि २५%ले राजस्व वृद्धि गरेको चर्चा गर्दै उनले प्रदेश सरकारले   राखेको लक्ष्य पूरा हुने बताए। । पछिल्लो समयमा सञ्चार माध्यममा नकारात्मक कुराले प्राथमिकता पाएको बताउँदै हामीले यथार्थ  समाचाारलाई  सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । कोशी प्रदेश सरकारले यही अधिवेशनबाट आम संचार व्यवस्थापन गर्न बनेको विधेयक पास गरेर पत्रकारिता क्षेत्रको बिकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 'हामी यसपटक कानुन पास गरेरै पत्रकारको हितमा काम गर्छौं', मुख्यमन्त्री  कार्कीले भने।