त्यो अभियोग पत्र फिर्ता लिइदिनु पर्यो क्या अब म सुध्रन्छु । जे भन्नू हुन्छ त्यो मान्छु । तपाइको सल्लाह अनुसार अघि बढछु इ हेर्नू त काम समाएको छु .......त्यो नेता साथिले एक दिन  सुटुक्क त्यसो भन्यो मलाइ .......

त्यो दिन धरान मा  माथिका ठुला नेता आएका थिए  plesae मेरो बारेमा केन्द्र सम्म कुरा लगिदिनु भएन बरु त्यो अस्तिको चन्दा बापत आएको रकम आधा आधा गर्नु पर्छ ......

उसका यी अभिब्यक्क्ती देखेर म चकित थिए ।

उसको कुरा सुनेर म बोले .. मलाइ चाहिएको केही होइन तपाईं  सल्लाह सुझाव अनुसार अघि बढछु त भन्नू हुन्छ् तर पारा उ हि हो । ब्यापारिबाट लिएको त्यो चन्दा हामिले बाडने होइन बरु एउटा गरिव दलित परिवार लाई सहयोग गरे हुन्छ नि ।।

तपाइले पार्टिको नाममा अन्य धेरे सग चन्दा लिनु भएको छ र पार्टी कमिटिमा होइन त्यो आफ्नी पत्निलाइ राख्न र निजि खर्च गरिरहनु भा छ .....

जागिर  राम्रो ठाउमा सरुवा मि लाई दिन्छु भनेर कर्म चारी सग घुस लिनु भा छ ।

यसले पार्टी बदनाम हुन्छ । तपाईं पद बाट राजिनामा दिनुस म अभियोग फिर्ता लिन्न यो हाम्रो सामुहिक अभियोग पत्र हो भने पछि उ अझ हतास देखियो ।

हिजो सम्म खुट्टामा चप्पल लाएर हिडने त्यो कामरेड ले घडेरि जोडेको गाई गुइ चर्चा थियो । 

पार्टिमा हाइकुम थियो । केन्द्रका नेता आए भेटन पुगिहाल्थ्यो ।

अभियोग फिर्ता न लिने भने पछि रिसले चुर भयो र गयो ।

पछि कारवाहिमा परेको त्यो कमरेड ले दुई तले घर बनाएर कारमा कुदछ भन्ने सुनिन आयो । 

चन्दा उठाएर सहकारी र दुई अन्य पसल सन्चालन गरिरहेको कुराले हल्ली चल्ली भो तर फेरि नेता लाई नि चन्दा दिएको के भो कुरो मिलाएर अचेल चल्दा पुर्दा नेता भएको छ ।

फोटोग्राफर ...काका सान्ती बहादुर अधिकारी ।