काठमाडौँ ,रातको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। प्रहरीले त्यसबारे अनुसन्धान सुरु गरेको छ । भने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे सर्वत्र चासो आइरहेकोबेलामा सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिएक छन् ।
मिश्रले आफूले पनि सामाजिक सञ्जालमा उक्त भिडियो देखेको र प्रहरीबाट कुटपिट भइरहेको विषयमा अनुसन्धान आवश्यक रहेको पाएपछि अनुसन्धान अघि बढाइएको बताएका हुन् ।

भिडियोमा एक प्रहरीले साँझको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि निर्घातरुपमा कुटपिट गरेको देखिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको पनि देखिन्छ । त्यहाँ सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको देख्न सकिन्छ।
'कसलाई फोन गर्छस् गर' भन्ने आवज समेत भिडियोमा सुनिएको छ। एसपी मिश्रका अनुसार थाहा पाउनासाथ सम्बन्धित प्रहरी र स्थानका बारेमा पहिचान गरेर घटनाको विषयमा जानकारी लिने काम हुँदैछ । 'भिडियोको यथार्थ पहिचान गरेर सम्बन्धित प्रहरीमाथि प्रहरी ऐन अनुसार कारबाही हुन्छ।उनले जानकारी दिए।




















