विराटनगर,महेन्द्र चोकमा जनमत पाटी मोरङ जिल्ल इन्चार्ज रामकुमार चौधरीको अध्यक्षतामा युवाहरुले बलिदान दिवस मनाएका छन्।

जनमत पार्टी द्वारा मिति :२०८१/१०/०५ गतेको दिन जनमत पार्टी जिल्ला ईन्चार्ज राम कु चौधरी,शिर्ष नेता बिरेंद्र कामत र विधार्थी जनमत संघ जिल्ला अध्यक्ष प्रकाश साह, पुर्वाँचल विश्वविद्यालय केन्द्रीय संयोजक अमिर मांझी लगायतको उपस्थितिरहेको थियो।१८ औं शहिद/बलिदान दिबसको उपलक्ष्यमा सम्पुर्ण बिद्यार्थी जनमत संघका पदाधिकारी , मोरङ जिल्ला पार्टी पदाधिकारी , केन्द्रिय नेतागनहरूको सहभागितामा रहेको भेलाले शहिदहरूका सहादत प्रति मौन धारन तथा दीप प्रज्वलन गरि मनाएका थिए। कार्यक्रम श्रद्धाञ्जली अर्पण गरि दियो बालेर शाहीदहरुको सम्झना गरेका थिए।प्रतेक वर्षको माघ ५गत्ते मनाउने गरेको जिल्ला अध्यक्ष प्रकाश साहले जानकारी दिएका छन्।