काठमाडौँ ,धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न  मिल्ने भएको छ । गत मंसिर ९ मा धरहरा चढ्नका लागि शुल्क तोकिएको थियो । 

शुल्क तोकिएसँगै धरहरा परिसरमा गएर टिकट लिई चढ्ने व्यवस्था गरिएको थियो । भने अहिले पनि अनलाइन र परिसरमै टिकट लिएर धरहरा चढ्न व्यवस्था गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताएका छन्  ।

अनलाइन सेवा सुरु गरेको एक हप्ता भयो। तर दुईथरी सेवा नै चलाइराखेको छ।पूरै अनलाइन सेवा भइसकेको छैन। परीक्षणका रुपमा अनलाइन सेवा सुरु गरिएको हो।उनले भने डेढ हप्तासम्म यसलाई परीक्षणका रुपमा हेर्ने भएका छौं । अहिले अनलाइनलबाट टिकट काटेर धरहरा चढ्न आउनेहरु रहेको उनको जानकारी दिएका छन् । टिकटका लागि धरहराको वेबसाइट धरहरा डट जीओभी डट एनपी खोलेर धरहरा भ्रमणमा क्लिक गर्नुपर्ने उनले बताए ।

एक हप्तासम्मका लागि बुकिङ गर्न सकिन्छ।उनले भने आफ्नोबारे छोटो जानकारी राखेर टिकट काट्दा हुन्छ।त्यसमा खल्ती र आईएमी पे लाई लिंकअप गराइएको हो । उनीहरुको प्रणालीबाट पैसा तिरेर प्रिन्ट गर्ने कागज बन्ने र त्यसलाई लगेर धरहरा प्रवेश गर्ने ठाउँमा देखाउँदा हुने जानकारी दिएका छन्  ।