लन्डन ,बेलायत भ्रमणमा रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले संसद् भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्वविदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गरेका छन् ।
भेटमा नेताद्वयबीच नेपाल-बेलायत सम्बन्ध र आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको कोइरालाको सचिवालयले जानकारी दिएका छन् ।
कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति पहल गरिदिन आग्रह समेत गरेका थिए ।




















