भारतको,प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने कुम्भ मेलाका क्रममा सोमबार करोडभन्दा बढीले पवित्र स्नान गरेका छन् । सोमबारदेखि ६ सातासम्म चल्ने मेलामा हिन्दु धर्माबलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गंगा र यमुना नदीमा स्नान गर्ने गर्दछन् । पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास रहेको छ । ४५ दिनसम्म चल्ने कुम्भ मेलामा करिब ४० करोड तीर्थयात्रीले स्नान गर्ने अनुमान गरिएको छ । मेलामा सहभागी धर्माबलम्बीहरूको ताँती अन्तरिक्षबाट पनि देख्न सकिने बताइएको छ । स्थानीय अधिकारीहरूले भारतीय समयानुसार सोमबार पौष पूर्णिमाका दिन दिउँसोसम्म एक करोड तीर्थयात्रीले स्नान गरेको जानकारी दिएका छन् । मंगलबार २ करोडले स्नान गर्ने अनुमान आयोजकको रहेको छ ।




















