काठमाडौँ, २८ पुसः जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश दिइएको छ ।न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । आज थुनछेक बहस नभएकाले लामिछानेलाई हिरासतमा पठाएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका रास्वपाका सभापति लामिछानेको आजका लागि बयान लिने काम भएको छ। काठमाडौँ अदालतमा स्रेस्तेदार रामु शर्माले भनेका छन् । भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश आएको हो ।




















