इनरुवा,आज ०८१/९/२६ गते" विद्यार्थीसँग सिर्जनामा इनरुवा" कार्यक्रम राराजी रामजी मावी इनरुवा -२मा सम्पन्न भएको छ । सिर्जनामा इनरुवाले नियमित मासिक रचना वाचन कार्यक्रम गर्दै आएको छ।भने नया पुस्तालाई सो कार्यक्रममा आह्वान गर्न विद्यार्थीहरुलाइ आफ्नो कला र क्षमता अनि हौसला प्रदान गर्दै समय बिताउने उद्देश्य अनुरुप आज दोस्रो शृङ्खला सप्पन्न भएको हो । यो कार्यक्रममा सयौं विद्यार्थी,शिक्षक सहित संस्थाका तपसीलका साहित्यकारहरुको उपस्थिति भएको थियो । लिलानाथ सिलवाल :अध्यक्ष ,नारायण प्रसाद मेहता: प्रमुख अतिथि , रमेन्द्र कोइराला: कार्यक्रम संचालक राधा सुवेदी: सहसचिव ,द्वारिका पोख्रेल :सदस्य,कान्ता पोख्रेल :सदस्य,भरत गुरागाइँ बर्बरिक: बिशिस्ट अतिथि तथा आजीवन सदस्य, SingerJhotan Mehta: बिशेष अतिथी, पृन्स प्रमोद दाहाल: विशिष्ट अतिथि ,शिक्षक शिक्षिकाहरू,विद्यार्थीहरु आदिको उपस्थित रहेको थियो।