मोरङको सुन्दरहरैँचा-७ स्थित पूर्वपश्चिम राजमार्गमा चारवटा सिलिन्डर बम फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका ७ मा मालती पुलनजिकै सडकमा गाडिएको अवस्थामा चारवटा सिलिन्डर बम फेला परेको प्रहरीले जानकारी दिएको छ।
बम रहेको सूचना आएपछि खटिएको प्रहरीले बिहिबार बिहान ८ बजेदेखि यातायात आवागमन रोकेर खोजी गरेकोमा चारवटा बम फेला पारेको प्रहरीको भनाइ रहेको छ।
नेपाली सेनाको टोलीले बम नष्टको तयारी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।




















