विराटनगर ,प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई  सहकारी ठगी प्रकरणमा अदालत बाट १० लाख धरौटीमा रिहा भएकी छन् ।बुधबार अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहसपछि मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।कोइराला सहकारी ठगी प्रकरणमा फरार रहेकी थिइन् ।भने मोरङ धनपालथान!४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार भएकी थिइन् । सहकारीका अध्यक्ष शम्भु रौनियार अञ्जला  रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास यसअघि ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।भने

विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार रहेकी थिइन् । उनका सांसद श्रीमान पोखरेलले भने आफू र आफ्नो परिवार सबैथरी परीक्षा दिन तयार रहेको बताउँदै आएका छन् । यसबीचमा पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरूद्ध पनि ठगी गरेको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ।