विराटनगर, शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। त्यसमा सवार दुईजना घाइते भएका छन् । भारतीय नम्बर प्लेटको ट्रक र मोटरसाइकल विराटनगर;१४, आईसीपी रोडमा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। कोइला लोड गरिएको भारतीय ट्रक (जेएच १५ जे ७१०३) र प्रदेश नम्बर १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । मोटरसाइकल चालक विराटनगर–१५ का १६ वर्षीय सुरज ठाकुरलाई उपचारका लागि कोशी अस्पतालमा लगे लगत्तै मृत्यु भएको हो ।घाइतेमध्ये १६ वर्षीय आदित्य साह र १८ वर्षीय विकासकुमार यादवको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएका छन् ।




















