धनुषा,भारतीय सीमावर्ती क्षेत्रका बासिन्दाले जनकपुरधाममा आई पूजापाठ आराधना गरेर नयाँ वर्ष मनाएका छन् । नयाँ वर्षको पहिलो दिन भारतीय सीमावर्ती क्षेत्र मधुवनी दरभङ्गा समस्तीपुर। जयनगर/सुरसण्ड लगायतका क्षेत्रका बासिन्दाले जानकी मन्दिरमा पूजापाठ आराधना गरी नयाँ वर्ष मनाएका हुन् ।भने यसले गर्दा नयाँ वर्षको अवसरमा जनकपुरधाममा भारतीय श्रद्धालुको भीड बढेको हो। नयाँ वर्ष नयाँ सोच र मंगलमय होस् भन्ने कामनाका साथ जनकपुरको जानकी मन्दिर आएर पूजापाठ गर्ने गर्दछौं। भारतको बिहार राज्यस्थित दरभंगाबाट आएका पर्यटक जयवीर मिश्रले जानकारी दिएका छन् ।
केही वर्षयता सीमावर्ती क्षेत्रका भारतीयहरू नयाँ वर्षमा परिवारजन सहित जनकपुरधाम आएर घुमफिर तथा पूजापाठ गर्ने चलन बढेको हो । आज जनकपुरमा ५० हजारभन्दा बढी भारतीय पर्यटक आए भने एक हजारभन्दा बढी चार पांग्रे र दुई हजारभन्दा बढी दुई पांग्रे सवारीसाधन नाकाबाट जनकपुर प्रवेश गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।




















