विराटनगर,वरिष्ठ साहित्यकार स्रष्टा हरि कट्टेलको नवौं दीप्तदृष्टि छन्द कवितासङ्ग्रह खोटाङ सामाजिक सेवामंचको सभाहलमा नेपाल स्रष्टा समाज कोशी प्रदेशको आयोजनामा लोकार्पण भएको छ। उक्त कृतिको लोकार्पण समारोहका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङ विशिष्ट अतिथिहरू प्राज्ञ एन पि आचार्य ,प्राज्ञ खेम नेपाली , साहित्यकार सरला चापागाईं ।बलराम पोखरेल महाकाव्यकार सोमराज अभय लगायतलको रहेको थियो । भने कृतिमाथि प्रा डा रमेश घिमिरे एवम प्रा डा हरिहर भण्डारीले समीक्षा गरेका थिए । कृतिका बारेमा बोल्दै प्रा डा रमेश घिमिरेले दीप्तदृष्टि पढे पछि आफूले हरि कट्टेललाई शास्त्रीय छन्दलाई कब्जामा लिएको कविका रुपमा देखेको बताए । उनले कृतिका बारेमा थप चर्चा गर्दै भने 'शील्पका दृष्टिले, रसका दृष्टिले ,कवित्व र विषयबस्तुका दृष्टिकोणले समेत कृति उदाहरणीय छ;दीप्तदृष्टिट कविताहरू हरेक दृष्टिले उत्कृष्ट देखिएका छन् ।यो उनको निकै ठूलो छन्द साधनाको उपज हुनु पर्छ र यसले कट्टेललाई छन्दोबद्ध कविताका फाँटमा निकै उचाइमा पुर्याएको छ ।' अर्का विश्लेषक हरिहर भण्डारी ले छन्दोबद्ध कविताका क्षेत्रमा हरि कट्टेललाई र उनको दीप्तदृष्टि सङ्ग्रहलाई खोजेर पढ्नु पर्ने दिन आएको बताए । समारोह संस्थाका अध्यक्ष कृष्ण भन्डारी मार्सेलीको अध्यक्षता भएको थियो । भने कार्यक्रमको संचालन लक्ष्मी पोखरेल रहेको थियो।समारोहमा पोखरा इलाम झापा सुनसरी थनकुटा र मोरङका विशिष्ट साहित्यकार हरूको ब्यापक उपस्थिति थियो । कार्यक्रममा कवि चिरञ्जीवी काफ्ले, वालकवि प्रज्ञा कट्टेल लगायतको साङ्गितिक कविता गायनले कार्यक्रममा थप रौनक छाएको थियो ।नेपाल स्रष्टा समाज काठमाण्डौँबाट प्रकाशित उक्त कृति नेपाल स्रष्टा समाज कोशी प्रदेशले एक समारोह गरी आज सार्वजनिक गरेको हो ।




















