महोत्तरी,जलेश्वरमा प्रधानाध्यापकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी सडकमा आन्दोलित भएका छन् । जलेश्वर,२ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीव झाले कक्षा ७ मा अध्ययन गर्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप विद्यार्थीले लगाएका हुन् । शुक्रबार विद्यालयको आफ्नो कक्षासँगै अन्य कक्षामा समेत आफूमाथि प्रधानाध्यापक झाले दुर्व्यवहार गरेको छात्रले जानकारी दिएकी थिइन् । आइतबार विद्यालय समय सुरु भएसँगै विद्यार्थी आन्दोलित भएका थिए। आन्दोलित विद्यार्थीले प्रअ झामाथि कारबाही हुनुपर्ने माग राखेका छन् । विद्यार्थी आन्दोलनमा उत्रिएपछि आरोपबारे बुझ्न भन्दै प्रअ झालाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गर्ने काम भइरहेको छ।महोत्तरीका प्रहरी प्रमुख नकुल पोखरेलले जानकारी दिएका छन्। आन्दोलन रोक्न विद्यार्थीलाई सम्झाउने काम भइरहेको र घटनाबारे थप सोधपुछको काम अघि बढाएको पोखरेलले बताएका छन् । भने अहिले विद्यार्थीले विद्यालय अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडी आन्दोलन गरिरहेका छन् ।




















