जुम्लामा दियालो बहुद्देश्यीय सहकारी संस्थाका बचतकर्ता आन्दोलनमा उत्रिएका छन् । बचत गरेको समय पुगिसकेको भए पनि दियालो सहकारीले बचत फिर्ता गर्न अटेर  गरेपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले तत्काल आफ्नो बचत र ब्याज स्वरुप आउने रकम उपलब्ध गराउन माग गरेका छन् ।