विराटनगर । सहकारीको रकम हिनामिना प्रकरणमा नाम जोडिएर मुद्दा नै दायर भएपछि फरार रहेकी लेखा समिति सभापति ऋषिकेश पोखरेलको पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुने तयारी भएको छ। एमाले सांसद पोखरेल निकट एक नेताले दिएको जानकारी अनुसार अञ्जला आजभोलि अदालत जाने तयारी भएको हो। मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । मंसिर २७ मा कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दायर भएको थियो।भने पुस २ मा अदालतले उनीहरूविरूद्ध पक्राउ पुर्जी (म्याद पुर्जी) जारी गरेको थियो । र आफूले पढाउने महेन्द्र रात्री विद्यालयबाट बिदा लिएर अञ्जला फरार थिन्।उनी दुई सातायता विद्यालयमा अनुपस्थित छिन् । उहाँ स्कुल नआउनुभएको १४–१५ दिन भयो। महेन्द्र रात्री विद्यालय स्रोतले बताएको छ।पहिले पाँच दिनको बिदा लिनुभएको थियो । त्यसपछि फेरि बिदा थपेर उहाँ आउनुभएको छैन ।

प्रहरीका नजरमा फरार’ रहेकी कोइराला विद्यालयमा बिदा मागेर भूमिगत बनेको दुई सातापछि अदालत जाने तयारीमा रहेको एमाले स्रोतको भनाइ रहेको  छ । मोरङ एमालेका एक नेताले दिएको जानकारी अनुसार यसबारेमा अहिले विराटनगरमै रहेका सभापति पोखरेलले आफू निकट केही नेताहरूसँग छलफलसमेत राखेका  थिए । सकेसम्म शुक्रबार नै नत्र एक दुई दिनभित्रै उहाँ अदालतमा उपस्थित हुने कुरा भएको छ।ती नेतालेको भनाइ अनुसार  उहाँ दोषी प्रमाणित हुने आधार केही छैन । यत्ति हो तत्कालका लागि केही बद्नामी भयो । अदालतमा उपस्थित भएपछि धरौटीमा छुट्ने सम्भावना छ । यदि अदालतले धरौटी माग गरेको खण्डमा आफ्नो भागमा पर्ने रकम धरौटी बुझाउने तयारीमा अञ्जला लागिरहेको नेताको बताए।

अदालतले थुनामा पठाइहाल्ने सम्भावना देखिएको छैन भन्ने अनुमान छ।सहकारीको रकम हिनामिना भएकै हो। तर यसको सबै दोष अध्यक्षले खेप्ने कागजात र प्रमाणहरूले दिने देखिन्छ । मुद्दा किनारा लाग्न कति समय लाग्छ बेग्लै कुरा हो । त्यसैले अब उहाँ अदालत जानुहुन्छ । पुस २ मा मोरङ जिल्ला अदालतले सात दिनभित्र अदालतमा उपस्थित हुन पुर्जी जारी गरेको म्याद सकिएपछि अहिले उनको म्याद तामेलीको अवधि सुरू भएको छ । निरन्तर उठिरहेको आलोचनाको स्वर र शिक्षकको जागिरे बाध्यताले पनि अन्जलाले यो अवधिको ३५ दिन नकटाउने एमाले स्रोतको भनाइ छ । म्याद तामेलीको अवधि ३५ दिनको हुन्छ तर यो म्यादभन्दा अगाडि नै उहाँ अदालत जाने कुरा छ। स्रोतले भन्यो मिडियामा भइरहेको आलोचना स्कुलको जागिरको कुरा पनि छ।

उमागौरी सहकारी ठगी प्रकरणमा पोखरेलको पत्नी कोइरालासहित रंगेली ,२ का वडाध्यक्ष सन्तलाल खवास अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत विरूद्ध मुद्दा दायर भएको थियो । सरकारी वकिलको कार्यालय मोरङले सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो असुल गर्न माग गरेको छ । अञ्जला फरार रहेकोबारे जिल्ला प्रहरी कार्यालय मोरङ पनि जानकार नै देखिन्छ।उनिहरू सार्वजनिक भएका छैनन्। जिल्ला प्रहरीका एक अधिकृतले भने ।आजभोलि नै अदालत जाने तयारी हुनसक्छ । त्यसकोअरु विकल्प छैन । प्रहरीले भने अदालतले धरौटी मागेर छाड्छ कि थुनामा राख्न भन्छ भन्ने कुनै निश्चित नहुने उल्लेख गरेको छ । अदालतको विषयमा प्रहरीले अनुमान गर्ने कुरा हुँदैन जे पनि हुनसक्छ। ती अधिकृतले भने।तर उनिहरूलाई हामीले देखीदेखी छाडेको भने होइन ।ती अधिकृतका अनुसार अदालतको अहिलेको पुर्जीले अञ्जलालाई पक्राउ गरेर प्रहरी हिरासतमा लैजानु भनेको होइन अदालतमा उपस्थित हुनु भनेको हो । त्यसैले अदालत जानैपर्ने अवस्था छ। ती अधिकृतले थपे छिटै जाने भन्नेसम्म सुनिएको छ। यही दिन जाने भन्ने जानकारी  हामीलाई पनि छैन ।