वीरेन्द्रनगर,जाजरकोटमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान ६:३० बजेको समयमा जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो।




















