काठमाडौं, काजखस्तानमा ६७ यात्रु सवार विमान दुर्घटना भएको छ । अजरबैजान एअरलाइन्सले सञ्चालन गरेको फ्लाइट नम्बर जे२-८२४३ भएको विमान आगोमा लपेटिँदै अक्ताउ शहर नजिक खसेर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानको आपत्कालीन मन्त्रालयका अनुसार दुर्घटनामा १४ व्यक्तिको जीवितै उद्धार भएको छ भने उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । दुर्घटनाको खास कारण भने पत्ता लागेको छैन । विमान अजरबैजानको बाकुबाट रूसको ग्रोज्नीतर्फ उडिरहेको थियो । तर ग्रोज्नीमा तुँवालोका कारण विमानलाई अर्को दिशातर्फ पठाइएको रूसी समाचार एजेन्सीले जानकारी दिएका छन्। भने विमानमा लागेको आगो निभाइएको छ ।




















