विराटनगर । मंगलबार बिहान सबेरै घरबाट निस्किएकी मोरङकी एक महिला दिउँसो हातखुट्टा बाँधिएको र अचेत अवस्था  भेटिएकी छन् । कटहरी गाउँपालिका–२ स्थित एउटा बाँसको झ्याङमा ती महिला अचेत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका हुन्  । अन्दाजी २३ वर्षीया महिलालाई स्थानीयले हातखुट्टा बाँधिएको अवस्थामा दिउँसो फेला पारेका थिए । भने उनको मुखमा पट्टि लगाइएको थियो । स्थानीयले देखेपछि प्रहरीलाई बोलाइएका थिए।  प्रहरीले ती महिलालाई उपचारका लागि कोशी अस्पतालमा पठाएको थियो । महिलाको स्वास्थ्य अवस्थामा सुधार छ ।डिएसपी जोशीले जानकारी दिए। जोशीका अनुसार ती महिलाका कपडाहरू पनि  च्यातिएको छ। उनी जहदा गाउँपालिका निवासी स्थानीय हुन् । घटनास्थल घरदेखि अन्दाजी दुई किलोमिटर टाढा छ । उपचारमा रहेकी महिलाको अवस्था सुधार भइरहेको हुँदा अब घटनाको कारणबारे अनुसन्धान हुने डिएसपी जोशीले बताए । ‘घटनामा सुरूमा हामीले अस्पतालमै पठायौं । अहिले सुधार भइरहेको हुँदा के भएको हो भन्नेबारे बुझ्दैछौं  डिएसपी जोशीले भने । विवाहित महिलाका दुई सन्तान रहेको र उनी आफ्ना पतिसँग अलग बस्दै गरेको पनि खुलेको छ ।