विराटनगर,पक्राउ पुर्जी जारी हुनु अघिल्लो दिनदेखि ५ दिनका लागि विद्यालयमा बिदा स्वीकृति गरेकी श्रीमती अञ्जला कोइरालाको अनिश्चितकालीन बिरामी बिदा थप गर्न पोखरेलले माग राखेको छ। सभापतिज्यूले पठाउनुभएको पत्रमा अनिश्चितकालीन बिरामी बिदा स्वीकृतिको माग गरिएको हो।उहाँले फोन गरेर पत्र प्राप्त भए नभएको बारेसमेत बुझेका थिए । झङ्कप्रसाद पराजुली प्रधानाध्यापक महेन्द्र रात्रि मावि विराटनगर काठमाडौँ उमा गौरी कृषि सहकारीको बचत ठगी मुद्दाकी फरार अभियुक्त अञ्जला कोइरालाको उनले पढाउँदै आएको विद्यालयमा बिदा थप्न संसद्को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका श्रीमान् ऋषिकेश पोखरेलले दबाब दिएका छन् । अदालतले पक्राउपुर्जी जारी गर्नुअघि देखि ‘फरार रहेकी उक्त सहकारीकी पूर्व सञ्चालक कोइरालासहित २६ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोबमोजिम जरिवाना गरी ६ देखि ८ वर्षसम्म कैदसजाय माग गर्दै मुद्दा दायर गरेको थियो।




















